नेपाली राजनीतिले उक्लिएको खुड्किलो
नेपाली राजनीतिले उक्लिएको खुड्किलो ज्ञानु घिमिरे २०७८ असार २९ गते 153 Shares लामो समयदेखि कम्युनिस्ट पार्टी एकताको हल्ला खल्ला चलेको थियो । अन्ततः २०७५ जेठ ३ गते एमालेका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र माओवादीबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति हुँदै दुई अध्यक्ष रहनेगरी एमाले र माओवादीबीचको एकता टुङ्गो लागेको थियो । एकतापछि दुवैको सहमतिमा नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने र चुनाव चिह्न एमालेको सूर्यलाई निरन्तरता दिने सहमति भयो । त्यसैका आधारमा केन्द्रदेखि प्रदेश हुँदै जिल्लाका हरेक स्थानीय तहमा पनि दुई पक्षका नेताहरूको कमिटी निर्माण भयो । यो कार्यलाई कसैले कम्युनिस्टहरूको माहान उपलब्धि सम्झिए भने कसैले केहि छिनको रोइलोमात्र भएको परिभाषा नै गर्ने सके । त्यसपछि प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागी यी दुवै पक्षले सहमति गरी चुनावमा आफ्ना नेताहरू सामेल गराए । अन्ततः जनताको अत्यधिक बहुमतका साथ दुई तिहाईको कम्युनिस्ट सरकार निर्माण हुन पुग्यो । जसमा झापाबाट निर्वाचित केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भए । राष्ट्रपतिमा विद्यादेवी भण्डारी नै यथावत रहने स...