Posts

Showing posts from February, 2022

नेपाली राजनीतिले उक्लिएको खुड्किलो

Image
  नेपाली राजनीतिले उक्लिएको खुड्किलो   ज्ञानु घिमिरे  २०७८ असार २९ गते 153 Shares लामो समयदेखि कम्युनिस्ट पार्टी एकताको हल्ला खल्ला चलेको थियो । अन्ततः २०७५ जेठ ३ गते एमालेका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र माओवादीबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति हुँदै दुई अध्यक्ष रहनेगरी एमाले र माओवादीबीचको एकता टुङ्गो लागेको थियो । एकतापछि दुवैको सहमतिमा नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने र चुनाव चिह्न एमालेको सूर्यलाई निरन्तरता दिने सहमति भयो । त्यसैका आधारमा केन्द्रदेखि प्रदेश हुँदै जिल्लाका हरेक स्थानीय तहमा पनि दुई पक्षका नेताहरूको कमिटी निर्माण भयो । यो कार्यलाई कसैले कम्युनिस्टहरूको माहान उपलब्धि सम्झिए भने कसैले केहि छिनको रोइलोमात्र भएको परिभाषा नै गर्ने सके । त्यसपछि प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागी यी दुवै पक्षले सहमति गरी चुनावमा आफ्ना नेताहरू सामेल गराए । अन्ततः जनताको अत्यधिक बहुमतका साथ दुई तिहाईको कम्युनिस्ट सरकार निर्माण हुन पुग्यो । जसमा झापाबाट निर्वाचित केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भए । राष्ट्रपतिमा विद्यादेवी भण्डारी नै यथावत रहने स...

सार्वजनिक यातायातमा आरक्षण सिट : लागु भयो, कार्यान्वयन भएन

Image
  सार्वजनिक यातायातमा आरक्षण सिट : लागु भयो, कार्यान्वयन भएन ज्ञानु घिमिरे १९ आश्विन २०७८, मंगलबार 6:39 pm 56 Shares काठमाडौं । यातायातका साधनको सिट संख्याका आधारमा सार्वजनिक यातायातमा महिला, अपाङ्ग, ज्येष्ठ नागरिक तथा अशक्तका लागि सिट छुट्याउनुपर्ने व्यवस्था छ । तर, यो व्यवस्था पूर्णरुपमा कार्यान्वयन भएको पाइँदैन । यातायातका साधनले औपचारिकताका लागि सिट छुट्याउने गरेका छन् । तर, लक्षित वर्गले उक्त सिट सहजै उपभोग गर्न भने पाएका छैनन् । सरकारले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०७ मा सार्वजनिक यातायातमा महिला, अपाङ्ग, ज्येष्ठ नागरिक तथा अशक्तका लागि आरक्षण सिट सुरक्षित राख्नुपर्ने व्यवस्था गरेको छ । तर, कार्यान्वयन भने फितलो छ । यात्रु नै पालना गर्दैनन् यातायातको साधनका अगाडिका सिटहरु महिला, अपाङ्ग, ज्येष्ठ नागरिक तथा अशक्तका लागि छुट्याएको हुन्छ । सिटको माथिल्लो भाग झ्यालपट्टी स्पष्ट लेखिएको हुन्छ । तर, धेरै यात्रुबाटै यो नियम पालना हुँदैन । अझै यस विषयमा सचेत भइसकेका छैनन् । सामान्य यात्रुले लक्षित वर्गका लागि छुट्याइएको सिट ओगट्नाले यो व्यवस्था अपेक्षाकृत कार्यान्वयन हुन ...

सन्दर्भ प्रेम दिवस : गुलाबको फूल दिएपछि ‘आइ लभ यू’ भन्नै पर्दैन

Image
  गुलाबको फूल दिएपछि ‘आइ लभ यू’ भन्नै पर्दैन ज्ञानु घिमिरे   २ फागुन २०७८   काठमाडौँ ‘रोज डे’बाट सुरु भएको प्रेम सप्ताह ‘प्रपोज डे’, ‘चक्लेट डे’, ‘टेड्डी डे’, ‘प्रमिस डे’, ‘हग डे’, ‘किस डे’ र ‘भ्यालेन्टाइन डे’सम्म पुगेर टुङ्गिन्छ। ७ फेव्रुअरीबाट सुरु भएर १४ फेव्रुअरीसम्म चिसो–चिसो मौसममा चल्ने यो सप्ताह प्रेमिल जोडीका लागि उत्साह अनि पर्वको सप्ताह हो। तर मेरा लागि यो सप्ताह चैत मासको खडेरीजस्तै फिका हुन्छ। चोक चोकका फूल पसलहरूमा देखिएका पातसहितका राता गुलाफ अनि छेउमा हिँडिरहेका मायालु जोडीले मलाई कता–कता गिज्याइरहेको आभाष हुन्छ । मेरा आँखाले नजिकबाट टिपिरहेका यस्ता दृष्यले कल्पनाको सागरमा मनको लड्डु खाँदै यात्रालाई निरन्तर दिन विवस मेरा पाइलाहरू कता–कता अल्झिएजस्तो महसुस हुन्छ। हरेक दिन नयाँ वानेश्वर हुँदै नक्सालसम्म पुग्दा प्रेमको सप्ताहभरि अनेक प्रेमिल जोडीको बिम्व प्रतिबिम्व मेरा आँखालाई टिप्न भ्याइ–नभ्याइ हुन्छ । मनै त हो कान्छा कहाँ बाँध्न सकिने रहेछ र बाटोमा देखिएका परेवा जोडी देख्दा सो स्थानमा आफैंलाई कल्पना गर्न आतुर मेरो मन जानी– नजानी इष्र्या प्रकट गर्न उत्सुक ह...

विद्यालयमा ‘सेनिटरी प्याड’ वितरण

Image
  प्रयोग गर्ने प्याड दिइयो, महिनावारीबारे बुझाइएन ज्ञानु घिमिरे ८ आश्विन २०७८, शुक्रबार 6:11 pm 125 Shares काठमाडौं । महिनावारी भएको बेला असहज हुने भएपछि विद्यार्थी विद्यालय नआउने समस्या समाधान गर्ने भन्दै सरकारले २०७६ सालबाट देशभरका सामुदायिक विद्यालयमा ‘सेनिटरी प्याड’ वितरण अभियान सुरु गर्यो । महिनावारी व्यवस्थापन सामग्री उपलब्ध गराएपछि समस्या समाधान हुने सरकारको बुझाइ थियो । तर, आवश्यक पूर्वाधार र महिनावारीबारे उचित शिक्षाको अभावमा सरकारी योजना खासै प्रभावकारी हुन सकेन । सरकारी सहयातामा हरेक सामुदायिक विद्यालयमा निःशुल्क सेनिटरी प्याड वितरण हुँदै आएको छ । ‘सेनिटरी प्याड व्यवस्थापन कार्यविधि २०७६’ अनुसार एक छात्राले महिनावारी चक्रमा १६ थानका दरले प्याड सित्तैमा पाउँछन् । देशभर १९ हजार ५ सय १७ सामुदायिक विद्यालय छन् । ति मध्ये ६ देखि ८ कक्षासम्म अध्ययन गराउने विद्यालय १२ हजार ६८ वटा छन् । त्यस्तै, कक्षा ९ र १० सम्म अध्ययन गराउने विद्यालयको संख्या ५ हजार १ सय ९३ छ । त्यसैगरी कक्षा ११ र १२ अध्ययन गराउने विद्यालयको संख्या २ हजार २ सय ५६ वटा छन् । यी सामुदायिक विद्यालयमा हाल ९ लाख ६ ह...

‘मर्यादीत महिनावारी राजनीतिक बहसको विषय बन्नुपर्छ’

Image
  ‘मर्यादीत महिनावारी राजनीतिक बहसको विषय बन्नुपर्छ’ राधा पौडेल, मर्यादित महिनावारी अभियन्ता १२ आश्विन २०७८, मंगलबार 5:35 pm 102 Shares घरबाटै विभदे प्रारम्भ महिनावारीबारे बालक र बालिकाबीच घरबाटै फरक धारणा विकास हुन्छ । महिनावारीको समय आमा दिदीलाई हुने छुवाछुत व्यवहारबाट नै बालिलका जानकार हुन्छन् । आफूलाई बुबा, दाइ र भाइभन्दा कमजोर महसुस गर्छन् । बालिकाहरूमा महिनावारी पाप र अशुद्ध हो भन्ने गलत धारणा विकास हुने गरेको छ । तर बालकहरूमा भने पारिवारिक वातावरणबाटै ‘शुद्ध र शक्तिशाली हुँ’ भन्ने धारणा विकास हुन्छ । यसले नै कालान्तारमा विभेदको डरलाग्दो रुप लिन्छ । सामाजिक, धार्मिक मान्यता अन्धविश्वासपूर्ण धार्मिक मान्यताले चार दिनसम्म महिनावारी बार्न बाध्य गराउँछ । यो मनोविज्ञानले नै महिलालाई सबैभन्दा कमजोर बनाउँछ । पारिवारिक, सामाजिक तथा धार्मिक प्रक्रियामा सामेल हुन नपाउँदा महिला अफूलाई कमजोर महुस गर्छन् । महिनावारी जस्तो प्राकृतिक प्रकृयालाई माध्यम बनाएर महिलामाथि हिंसा हुन्छ । घर, स्कुल, कार्यक्षेत्र सबै ठाउँबाट महिलालाई कमजोर बनाउने काम हुन्छ । महिनावारीलाई पाप–धर्म, शुद्ध अशुद्ध, लाज,...